‘कबड्डी ४’अभिनेत्री मिरुनाले बेलायतको ब्रनेल विश्वविद्यालयबाट जितिन् ‘गोल्ड अवार्ड’

 ग्लोबल टिभि      बिहिबार, साउन ५, २०७९      0

साउन ५-‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले ‘गोल्ड अवार्ड’ जितेकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हात पारेकी हुन् । जसको खुसी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन गरेकी हुन् ।

अनेक अवरोधका बाबजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा उनले खुसी महशुस गरेकी छन् । उनले भनेकी छन् ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उपलब्धि हासिल भएको छ । परिवार र साथीहरूको समर्थन र साथको लागि धन्यवाद ।’

करिब आधा दर्जन फिल्म अभिनय गरेकी मिरुनाको हिट फिल्म ‘कबड्डी-४’ हो । यो प्रदर्शन समयमा उनी ‘ब्याड टच’ प्रकरणले विवादमा तानिएकी थिइन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *