ट्युनिसियामा स्थानीय तहको निर्वाचनका लागि मतदान शुरु

 ग्लोबल टिभि      सोमवार, पुस ९, २०८०      0

पुष ९ – ट्युनिसियाको स्थानीय परिषद्को निर्वाचनका लागि आईतबारदेखि मतदान शुरु भएको इडिपेन्डेन्ट हाई अर्थारिटी फर इलेक्शनले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान शुरु भएको थियो । जसमा २ हजार १५५ निर्वाचन क्षेत्रहरूमा ४ हजार ६८५ मतदान केन्द्र र ८ हजार १७४ मतदान केन्द्रहरू स्थापना गरिएको छ । निर्वाचनमा ९० लाखभन्दा बढी मतदाताले आफ्नो स्थानीय प्रतिनिधि छान्न मतदान गर्ने अपेक्षा गरिएको छ ।

कुल ७ हजार २०५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने २७९ स्थानीय परिषद्को निर्वाचन हुने अनुमान गरिएको छ । संसदीय निर्वाचनको प्रारम्भिक नतिजा बुधवार घोषणा गरिने
े छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *