माओवादी महाधिवेशन आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने

 ग्लोबल टिभि      बिहिबार, पुस १५, २०७८      0

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको हो ।
मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उम्मेद्वारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *