प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्: बाबुराम

 ग्लोबल टिभि      आइतवार, माघ १, २०७९      0

माघ १ – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन् ।

उनले सामाजिक सन्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री प्रचण्डबाट आएको यस्तो प्रस्तावको अरु दलले समर्थन गर्नु पर्ने पनि जिकिर गरेका छन् ।उनले शान्तिसम्झौतापछिको अवस्थालाई यो तर्कका लागि सम्झिएका छन् ।

उनले भनेका छन्, ‘शान्तिसम्झौताको लगत्तै पछिदेखि प्रमुख दलहरू वीच सहमति कायम हुन नसक्दा संविधान निर्माण, शान्तिप्रकृया, सुशासन र विकासनिर्माणका समस्या बल्झेको कटु अनुभवबाट सिकेर अहिले इतिहासले जुराएको सहमतिको अवसरको सदुपयोग गरौं ।प्रम प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस् र अरूले समर्थन गरून्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *