ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिएन : शाक्य

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २०, २०७८      0

फागुन २०
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरे ।

शाक्यले सम्पदाको संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि त्यसअनुसार काम नगरेको बताए । शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरे पनि सबै सम्पदाको पुनर्निर्माणको काम अघि बढाएको दाबी गर ।

महानगर प्रमुख शाक्यले महानगरपालिकाले सम्पदाको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भइरहेको दोहोर्याए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *