कांग्रेसद्वारा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन

 ग्लोबल टिभि      शनिबार, बैशाख १७, २०७९      0

बैशाख १७-नेपाली कांग्रेसले ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेको छ । स्थानीय तह निर्वाचन परिचालन समितिको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका हुन् ।

उक्त उपसमितिको सदस्यहरुमा- सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला र सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली रहेका छन् ।

उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *