व्यासका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइँदै

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३०, २०७९      0

वैशाख ३०- तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो । ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ । कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *