नीति तथा कार्यक्रममा कर्मकाण्डी बिरोध किन ?

 ग्लोबल टिभि      बुधबार, जेष्ठ ११, २०७९      0

कविन्द्र जेठ ११– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश भएको छ । संसदमा पेश भएको नीति तथा कार्यक्रम गन्तव्यविहिन भएको एमालेले निष्कर्ष निकालेको छ ।

सरकारले संसदमा पेश गर्ने विधेयकदेखि नीति तथा कार्यक्रमको प्रतिपक्षी दलले विरोध गरेको यो नै पहिलोपटक होइन । प्रतिपक्षी दलको धर्मका रुपमा सरकारले संसदमा पेश गरेका विधेयक र प्रस्तावहरुको विरोध गर्ने प्रचलनले संसदकै गतिबिधि समेत कर्मकाण्डी मात्रै भएको टिप्पणी समेत शुरु भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश भएको छ । संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरेको छ । एमालेले नीति तथा कार्यक्रमको कुनै गन्तव्य नभएको र पुरानै नीति तथा कार्यक्रमको निरन्तरता भएको टिप्पणी ग¥यो ।

एमालेले नीति तथा कार्यक्रमको विरोध गरेको भएपनि यसअघि अहिलेको सत्तारुढ दल नेपाली कांग्रेस प्रतिपक्षमा रहेका बेला समेत तत्कालिन सरकारले ल्याएको नीति तथा कार्यक्रमको विरोध गर्ने गरेको थियो । संसदमा सरकारले ल्याउने हरेक विधेयक र सरकारकै नीति तथा कार्यक्रमको प्रतिपक्ष दलले विरोध गर्नैपर्ने परम्पराजस्तो भइसकेको छ ।

त्यसैअनुसार अहिले एमालेले नीति तथा कार्यक्रमको विरोध गर्न शुरु गरिरहेको छ । जुन यसअघि नेपाली कांग्रेसले समेत गर्ने ग¥थ्यो । यसपालि पनि त्यस्तै भएको छ । सरकारमा सहभागी दलका सांसदहरुले नीति तथा कार्यक्रमको प्रशंशा गरिरहेका छन् ।

हरेक वर्षको बजेट आउनुपूर्व संसदमा यसैगरी नीति तथा कार्यक्रम पेश गर्ने प्रचलन छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकेर नीति तथा कार्यक्रम पेश गर्ने चलन संसदीय अभ्यासमा कर्मकाण्डी मात्रै भएको भनेर आलोचना समेत हुने गरेको छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरेपनि सांसदहरुले दिएका कमैमात्र सुझावहरु बजेटमा समावेश हुने गरेको छ । जसका कारण नाम नीति तथा कार्यक्रम भनिने गरेको भएपनि न कुनै नीति न कुनै कार्यक्रमजस्तो हुने गरेको छ ।

नीति तथा कार्यक्रमअनुसारको बजेट ल्याउने प्रचलन संसदीय अभ्यास भएका मुलुकहरुमा हुने गरेको भएपनि नेपालमा भने औपचारिकताका लागि मात्रै संसदमा बहश हुने गरेको छ । अर्कातर्फ हरेक प्रस्तावमा छलफल चाँहि हुने तर राम्रा सुझाव समेत कार्यान्वयन नगर्ने परिपाटीले समेत संसदमा हुने बहशको महत्व समेत कम हुँदै गएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *