आँफुले गरेको मतदान खेर नजानेमा मतदाता ढुक्क

 ग्लोबल टिभि      सोमवार, मंसिर ५, २०७९      0

सुनिता/गणेश –आइतबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावबाट मतदाताहरु निकै उत्साहित देखिएका छन् । मतदान गरेका मतदाताहरु आफूले मत दिएको उम्मेदवारबाट सोचे अनुसारको नतिजा आउनेमा निकै विश्वस्त देखिएका छन् ।

हिजो शान्तिपूर्ण रुपमा सम्पन्न भएको चुनावको नतिजाको लागि मतदाताहरु निकै उत्साहित भएका छन् ।

(काठमाडौँ क्षेत्र न. ७) विगतका वर्षमा भन्दा यो वर्षको चुनावमा नयाँ अनुहारका उम्मेदवारको क्रेज बढि भएको र पछिल्लो समय युवापुस्ता बाट देश विकासका लागि हित हुने खालका काम भएकोले युवापुस्ता लाई पा्रथमिकता दिएको काठमाडौँ क्षेत्र न. ७ का मतदाता बताउँछन् ।

(ललितपुर) आफुँले दिएको मत परिणाम सोचे अनुरुप आउने भन्दै सोहि उम्मेदवारले विगतका दिनमा सम्झन योग्य काम भएको र अवको चुनाव पछि अझै रामो्र काम हुने अपेक्षा राखेका छन् ।

(काठमाडौँ क्षेत्र न. ४) काठमाडौँ क्षेत्र न. ४ का केहि मतदाता निकै उत्साहित हुँदै अहिले सम्मको मत परिणाम सोचे अनुरुपको नतिजा आईरहेको अवस्थामा विजय जुलुस गर्न तयार रहेको समेत बताएका छन् ।

आफ्नो रोजाईमा परेका उम्मेदवाले चुनाव जित्नेका मतदाताहरु विश्वस्त देखिएका छन्, चुनावको नतिजाको पर्खाईमा बसेका मतदाताहरु पनि निकै उत्साहित देखिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *