निर्वाचनको समीक्षा गर्न शेखर समूहको बैठक बस्दै

 ग्लोबल टिभि      बिहिबार, पुस २१, २०७९      0

पुस २१ – नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला समूहको बैठक आज बस्दैछ । दिउँसो १ बजे एक होटलमा बस्ने बैठकमा निर्वाचनको समीक्षा, समसामयिक राजनीति तथा पार्टीको आगामी केन्द्रीय समिति बैठकको एजेण्डाबारेमा छलफल गर्न बैठक बस्न लागिएको बताइएको छ ।

तर बैठकबारे सो समूहका नेता तथा कांग्रेस उपसभापति धनराज गुरुङले आफूलाई जानकारी नभएको बताए । सञ्चार माध्यममा समाचार आए पनि आफूलाई त्यसबारे जानकारी नआएको उनको भनाइ छ । पार्टीका नेताहरुको आन्तरिक छलफल, बैठक भइरहने हुनाले त्यो सामान्य भएको उनले बताए ।

कांग्रेसले पुस २८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । सो अघि बैठकमा छलफल गर्नुपर्ने विषय र एजेण्डाबारेमा तयारी गर्न शेखर समूहको बैठक बस्न लागेको ती दलका नेताहरुको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *