समाजलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यकः प्रकाशमान सिंह

 ग्लोबल टिभि      बुधबार, चैत्र २२, २०७९      0

चैत २२ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यक रहेको बताएका छन्।

मंगलबारबाट काठमाडौँमा सुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता सिंहले जुनसुकै विधाका खेलाडीहरु पनि अनुशासित भएर खेलमा प्रस्तुत हुँदा उनीहरुका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताए। खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने उनको भनाइ थियो।

उनले खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *