सांसदको प्रश्न : प्रधानमन्त्रीले छोरीलाई हरेक मिटिङमा किन राखेको ?

 ग्लोबल टिभि      मङ्लबार, भदौ १२, २०८०      0

भदौ १२ –   सांसद अमरेसकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरीलाई हरेक मिटिङमा राखेको भन्दै आपत्ति जनाएका छन्। मंगलबार संसद बैठकमा बोल्दै उनले गणतन्त्रको खतरा नेताका परिवारका सदस्यबाटै भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीको छोरीले कहाँबाट अधिकार पाउँछ हरेक मिटिङ उपस्थित हुन पाउने भन्दै प्रश्न गरे।‘हामी कस्ता लोकतन्त्रको अभ्यास गर्दैछौं।’उनले भने‘कि मैले राजनीतिक शास्त्रमा पढेको थिएँ, राजतन्त्रमा राजाका छोरा/छोरी जन्मनेबित्तिकै युवराज/ युवराज्ञी हुन्छन्, राजाको बिहे गर्ने बित्तिकै महारानी हुन्छ। तर अहिलेको लोकतन्त्रमा नेताका छोराछोरी युवराज, युवराज्ञी नेताकी श्रीमती, प्रधानमन्त्री छ भने महारानी, यो कुन संविधानमा चलिरहेको छ।’

सिंहले नेताका परिवारका सदस्यबाट गणतन्त्र खतरामा परेको टिप्पणी गरे। ‘गणतन्त्र खतरा छ भने सीमित ४/५ जना नेताका परिवारको बच्चाबाट गणतन्त्र खतरा हुन्छ। भ्रष्टाचारको जरो त्यहिँबाट सुरु हुन्छ।’ उनले गणतन्त्रलाई परिवारतन्त्रमा रुपान्तरित हुँदै गएको टिप्पणी गरे।

उनले गणतन्त्र भनेको जनताको तन्त्र हो कि नेताको तन्त्र भन्दै प्रश्नसमेत गरे। उनले सरकारले कुनैपनि भ्रष्टाचार काण्ड किन टुंगोमा नपुर्‍याएको भन्दै प्रश्न गरे। सिंहले सरकारको संयन्त्र कठपुतली बन्दै गएको बताए। अहिले सरकार जति कमजोर सरकार आफूले अहिलेसम्म नदेखेको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *