नरहरिनाथको बेरुजु ४ करोड नजिक (पुर्णपाठ सहित)

 ग्लोबल टिभि      सोमवार, माघ १५, २०८०      0

माघ १५ – कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाको बेरुजु भण्डै ४ करोड हाराहारी देखिएको छ । महालेखापरीक्षकको केन्द्रीय कार्यालयको आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक प्रतिवेदनले पालिकाको बेरुजु ३ करोड ९२ लाख ४ हजार ६ सय ९४.७३ रुपैया रहेको ठहर गरेको छ । बेरुजुमा असुल गर्नपर्नै रकम १६ लाख ४८ हजार ८ सय ५०.७ रहेको छ ।

अनियमित भएको रकम रु २ करोड ४४ लाख ८८ हजार २ सय ८३ रहेको छ । यस्तै प्रमाणपत्रका र कागजात पेश नभएको रकम १ करोड ३० लाख ८७ हजार ४ सय ६१.०३ रहेको छ । एकै आर्थिक बर्षमा करोडाँैको बेरुजु देखिएपछि नरहरिनाथ गाउँपालिकाका जनताले सामाजिक संजाल मार्फत आलोचना गरिरहेका छन् ।

सामाजिक अभियान्ता तथा बुद्धिजिबि किशोर रावल लेख्छन्, छोटकरीमा भन्दा बेरुजु भनेको अनियमित रकम हो । यसले आर्थिक अनुसासन नभएको तथा भ्रष्टाचार बढेको संकेत गर्दछ । सार्वजनिक आय र व्यायको कार्य प्रचलित कानुनी बिधि, प्रक्रिया पूरा नगरी काम गर्दा देखापर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारोको हिनामिना हो ? यसलाई बडा कडाईका साथ लैजानु पर्दछ । साथै रावलले भ्रष्ट्राचार विरुद्ध ज्यान दियर लाग्ने बताएका छन् ।

यस्तै पालिकाले महालेखालाई उपलब्ध गराएको बिवरण अनुसार संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा सबैभन्दा कम ४.०७ प्रतिशत र सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढि ४३.५३ प्रतिशत बजेट विनीयोजन गरि खर्च गरेको छ । त्यसैगरी पुर्वाधार विकासमा पालिकाले २२.९६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । साथै महालेखाले सैदान्तिक बेरुजु, असुल गर्नुपर्ने र अनियमित भएको शिर्षक दिएर लेखापरिक्षण गरेको छ । त्यसो त महालेखापरीषकको कार्यालयले ३५ दिनकोे समयसिमा दिएर सम्परीक्षण गर्न समेत समय दिएको प्रतिवेदनमा उल्लेख छ ।

लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन यस्तो छ:-

PAR-21_0(1)

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *