ठेकेदारसँगको सम्झौता रद्द,लुम्बिनी जाेड्ने सडकका दुई पुल आठ वर्षमा पनि बनेनन्

 ग्लोबल टिभि      बुधबार, पुस ७, २०७८      0

बुटवल ,पुस ७गते। बुद्ध जन्मस्थल लुम्बिनी जाेड्ने पर्यटकीय सडकमा निर्माणाधीन दुई पुल वर्षौदेखि अलपत्र परेका छन् । वनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुल आठ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेका हुन् । ०७३ सालमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बाम्ती जेभि कन्स्ट्रक्सनले २५ असार ०७१ मा सम्झौता गरे पनि हालसम्म निर्माण सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ ।
पुल निर्माणको ठेक्का पाएको जेभि कन्स्ट्रक्सन र आयोजनाले एकअर्कामाथि दोषारोपण गर्दै पुल वर्षौदेखि अलपत्र परेका हुन् । अहिले भने सरकारले ठेक्का नै रद्द गरेको छ । रुपन्देहीका यी दुई पुल हुलाकी सडकमा पर्छन् । निर्माण कम्पनी पप्पु बामतीले आफूले गर्नसक्ने सम्पूर्ण काम गरिसकेको र पुलको डिजाइनमा नै प्राविधिक त्रृटि रहेकाले निर्माण अगाडि बढाउन नसकेको बताएको छ भने हुलाकी सडक आयोजनाले भने निर्माण व्यवसायीले काम नगरी विविध समस्या देखाएर पुलको काम सम्पन्न नभएको बताएको छ ।
साँघुरो पुल र जीर्ण भएका कारण पुलमा आवागमन एकोहोरो गरिएको छ भने सवारी जामको समस्या पनि छ । अकस्मात पुल क्षति भएमा यसले लुम्बिनी करिडोरमा रहेका दर्जनौ उद्योगलाई प्रत्यक्ष असर पार्छ भने लुम्बिनी आउने स्वदेशी, विदेशी पर्यटक आवतजावत बन्द पनि हुन सक्छ ।

लुम्बिनी जाने प्रत्येक पर्यटक पुलका कारण घण्टौँ समयसम्म जाममा बस्नु पर्ने बाध्यता छ । निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा साँघुरो पुलका कारण सवारी जाम हुने र एकतर्फी मात्र सवारी सञ्चालन गराउँदा ट्राफिक व्यवस्थापनमा निकै समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी जाम समस्या कारण पुलमा ट्राफिक व्यवस्थापनका लागि पाँच जना ट्राफिक प्रहरी खटाइएको र जनशक्ति नहुँदा जनपथ प्रहरीको सहयोगमा पुलमा ट्राफिक व्यवस्थापन भइरहेको ट्राफिक प्रहरी बेथरीका इन्चार्ज विष्णु जिसीले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *