बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

 ग्लोबल टिभि      शुक्रबार, पुस २९, २०७९      0

पुस २९- बागमती प्रदेश सभामुखमा गठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवन पाठक विजयी भएका छन्।

तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन्।

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।

सभामुखमा विजयी भएका थापा काठमाणडौंबाट समानुपातिकमा निर्वाचित भएका हुन् ।

उनले ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन्। त्यस्तै कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरे। नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गरेकी हुन्।

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

जसमध्ये विजयी भएका पाठकलाई एमाले, राप्रपा, माओवादी, हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *