माधवको शरणमा घनश्याम, ओलीको आलोचना–माधवको प्रशंशा(भिडियोसहित)

 ग्लोबल टिभि      शुक्रबार, पुस २९, २०७९      0

कैलाश/विजय– कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन । एमालेले कारबाही गरेपछि पार्टीविहिन बनेका भुसाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् । उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले आफुले यही पार्टी रोजेको बताएका छन् ।

अबको राजनीतक यात्रा के हुने भन्ने सवालमा प्रश्न तेर्सिएका बेला कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन मार्फत भुसालले आफुलाई एकिकृत समाजवादी पार्टीमा समाहित भएको घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा एकीकृत समाजवादी पार्टिका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो । भुसालले आफुलाई एकिकृत समाजवादीमा समाहित गर्दा कार्यकर्ता र समर्थकहरु उत्साहित भएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिक्ततापूर्ण सम्बन्धको अन्त्य गर्दै भूसालले आम चुनावको मुखैमा २२ असोजमा नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी सहितको गठबन्धनले समर्थन गरेपनी भुसाल चुनाबमा भने पराजित भएका थिए । चुनाबमा पराजित भएसंगै उनको राजनीतिक यात्रा अन्यौलग्रस्त थियो । आफ्नो पुरानो पार्टी पनी छोडेको र चुनाब पनी हारेको अबस्थामा भुसालको अबको राजनीतिक कदम कस्तो होला ? भन्ने आमचासो थियो । अबको रणनीति कस्तो हुन्छ भन्ने सवालमा अनेक टिप्पणी भईरहेका बेला भुसालले भने एकीकृत समाजवादीलाई रोजेका हुन ।

पार्टी प्रवेशपछी भुसाल एकीकृत समाजवादी पार्टिको केन्द्रिय कार्यालय आलोकनगर पुगेका थिए । त्यहाँ उनलाई अध्यक्ष माधब कुमार नेपालले स्वागत गरे । भुसालको प्रबेसले उत्साहित बनेका नेपालले अब पार्टीलाई थप सुदृढ बनाएर लैजाने धारणा राखे । भुसालको राजनीतिक योगदानको पार्टीमा उच्च मुल्याङ्कन हुने र उनलाई उचित भुमिका दिने नेपालको दाबी थियो ।

नेकपा एमालेको संगठन निर्माण र पार्टीको हितमा महत्वपुर्ण भुमिका निर्बाह गरेका भुसाल विद्यार्थी जिवनकालबाटै राजनीतिमा जोडिएका थिए । राजनीतिक जीवनमा पटक–पटक गरी साढे दुई वर्ष जेल सजाय भोगेका भूसाल २०६५ सालमा एमालेको केन्द्रीय सदस्य र अध्ययन तथा अनुसन्धान विभाग प्रमुख भएका थिए । उनी २०७१ मा पार्टीको नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका थिए । २०७८ मा पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेमै रहेका भुसालले गत असोजमा एमालेलाई त्यागेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *