मार्टिनेलीको गोलमा आर्सनलको जित

 ग्लोबल टिभि      आइतवार, फाल्गुन १४, २०७९      0

फागुन १४ –  दोस्रो हाफमा ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई निरन्तरता दिन सफल भएको छ ।

आर्सनलले घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै प्रिमियर लिगमा शीर्षतालाई निरन्तरता दिन सफल भएको हो ।

आर्सनलको जितमा दोस्रो हाफमा गाब्रिएल मार्टिनेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको शुरु ४६औं मिनेटमा लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न भएका थिए । त्यसअघि २७औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गरेपनि भिएआरबाट मान्यता पाएको थियो ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको २४ खेलबाट ५७ अंक पुग्दा एक खेल बढी खेलेको सिटीलाई २ अंकले पछि पारेको छ । सिटीको ५५ अंक छ । पराजित लेस्टर २४ अंक जोडेर १४औं स्थानमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *