एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २१, २०७९      0

फागुन २१ –  फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र डानिलो पेरेइराले गोल गरे । एक गोल उपहार पाएको थियो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरे ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा २–० ले अघि बढ्यो ।

३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । यस गोलसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेको छ । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीलाई पछि पारेको हो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *