थपिए १०६ जना नयाँ कोरोना संक्रमित

 ग्लोबल टिभि      बिहिबार, चैत्र ३०, २०७९      0

चैत ३०– पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *