जुम्लामा अटो दुर्घटना, १ को मृत्यु, २ घाइते

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २, २०८०      0

जेठ २ –  जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्। विमानस्थलदेखि तातारासीको उर्थुतर्फ जाँदै गरेको क १ ह १५ नम्बरको अटो दुर्घना हुदा चन्दननाथ नगरपालिका-१० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए।

उनले भने‚ ‘पातारासी गाउँपालिका-३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका-९ का गोविन्द सार्की घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *