भ्रष्टाचारको फाइल खोल्ने प्रचण्ड एमालेको निसानामा(भिडियोसहित)

कैलाश कठायत

 ग्लोबल टिभि      बिहिबार, असार २१, २०८०      0

कैलाश कठायत– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथी आक्रामक बनेको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले संसदमा समेत हंगामा मच्चाएको छ । दिल्लीको इसारामा नेपालको प्रधानमन्त्री छानिन्छ भन्ने आरोपलाई बल पुग्ने गरी प्रधानमन्त्री प्रचण्डले दिएको अभिब्यक्तीलाई लिएर एमाले यति धेरै आक्रामक किन बन्दै छ ?

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमाथी नेकपा एमाले आक्रामक बनेको छ । प्रचण्डको यो अभिव्यक्ति देशको सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाईन बनाएको छ । प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अबरुद्ध नै गरेको छ । प्रधानमन्त्री प्रचण्डले जसरी पनी राजीनामा दिनुपर्ने अडान एमालेको छ । प्रचण्डले बोल्नै नहुने विषय बोलेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा नै अन्तिम बिकल्प भएको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानमन्त्रीले राजीनामा दिएमात्रै यो बिषय साम्य हुने बताईसकेका छन ।

यता सत्ता पक्ष भने प्रधानमन्त्रीको बचाउमा उत्रिएको छ । सत्तापक्षले प्रधानमन्त्रीको राजीनामा कल्पनासम्म गर्न नसकिने बताएको छ । एमालेले पुर्बाग्रह राखेर प्रधानमन्त्रीलाई निसानामा राखेको सत्तारुढ नेताहरुको तर्क छ ।

प्रधानमन्त्री प्रचण्डको सचिबालयले भने ठुला र चर्चित भ्रष्टाचार काण्डमा फाईलहरु खोल्न थालेपछी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको बताएको छ । हुनपनी नक्कली भुटानी शरणार्थी प्रकरण, पशुपतिको जलहरी प्रकरण र ललिता निबास जग्गा प्रकरणमा एमालेका ठुला नेताहरुको नाम जोडिएको छ । शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पर्दा एमालेले सरकारले राजनीति प्रतिसोध साधेको आरोप लगाएको थियो । पशुपतिको जलहरी प्रकरणले स्वयं अध्यक्ष ओली नै आलोचित बनेका थिए । अहिले ललिता निबास जग्गा हिनामिना प्रकरणमा एमाले उपाध्यक्ष बिष्णु पौडेलको नाम जोडिएको छ । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अन्य काण्डहरुको समेत फाईल खोल्न थालेपछी एमाले थर्कमान बनेको सत्तापक्षिय नेताहरु बताउछन । अर्को तर्फ एमालेले अनाबश्यक फण्डा झिकेर आफुलाई चोख्याउन खोजेको आरोप पनी सत्तापक्षिय नेताहरुको छ ।

त्यसोत आफ्नो अभिब्यक्तीको चर्को आलोचना हुन थालेपछी प्रधानमन्त्री प्रचण्डले पनी आफुलाई प्रधामन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको भन्ने विषयमा मुख खोलीसकेका छन् । उनले विवादास्पद यो अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । प्रधानमन्त्रीले संसदमा दिएको प्रष्टिकरणमा के एमालेले चित्त बुझाउला या प्रचण्ड बिरुद्ध झनै आक्रामक बन्ला त्यो हेर्न भने बाकी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *