विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

 ग्लोबल टिभि      बुधबार, कार्तिक १५, २०८०      0

कात्तिक १५- आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले सेमिफाइनलको यात्रा निश्चित गर्ने छ ।

दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा दुई टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले दुई वटा खेल जितेको छ ।

दक्षिण अफ्रिकाले पछिल्लो ५ विश्वकपमा न्युजिल्याण्डसँग खेलेका सबै खेलमा हार बेहोरेको छ । यसैबीच हिजो भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको छ । प्रतियोगितामा लगातार ४ खेलको हारपछि पाकिस्तानको यो पहिलो जित हो । पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *