नेपाललाई पहिलो सफलता

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक १७, २०८०      0

कार्तिक १७ –  आईसीसी टी–२० आई विश्वकप एशिया छनोट अन्तरगत  सेमिफाइनलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

यूएईविरुद्ध बलर  सोमपाल कामीको बलमा ब्याट्सम्यान रन आउट भउका हुन्। नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *