गठबन्धनमा सत्ता टिकाउने र प्रतिस्पर्धीलाई सिध्याउने मात्रै छलफल हुन्छ : सिके राउत

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १०, २०८०      0

फागुन १० –  जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देशमा चरम निराशा व्याप्त रहेको बताए। उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरूप्रति चर्को उदासिनता सुरु भएको बताए। उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताए। उनले प्रतिनिधिसभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताए।

उनले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताए। उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताए।

उनले भने, ‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु। देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु। समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दै छु। गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतै पनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छैन। सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी बिरोधी र प्रतिष्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ।’

उनले  दुई युवाहरु विदेश जान पाऊँ भनेर विरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको जिकिर गरे। उनले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *