आयरल्यान्ड वुल्भ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल, टीममा दुई परिवर्तन

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १३, २०८०      0

चैत्र १३ – नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। टियू मैदान, कीर्तिपुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आज नेपालले सोमबारको टोलीमा दुई परिवर्तन गरेको छ। नेपालले अनिल कुमार साहा र विवेक यादवलाई टोलीमा समेटेको छ।

पहिलो खेलमा ६ विकेटको सहज जित निकालेको नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्यम रहेको छ। आयरल्यान्ड भने पहिलो जितको खोजीमा रहेको छ। आइसिसीले यो खेललाई टी-२० अन्तर्राष्ट्रियको मान्यता नदिएकाले अभ्यास खेलका रूपमा मात्र रहेको छ।

सोमबार नेपालको घरेलु मैदानमा खुलेर ब्याटिङ गर्न नसकेको आयरल्यान्डले मंगलबार आफ्नो प्रदर्शन सुधारको योजनामा रहेको छ। नेपाल भ्रमणमा आयरल्यान्डका सिनियर टोलीबाट खेलेका ९ खेलाडी रहेका छन्।

नेपालले आज पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई मौका दिने सम्भावना रहहेको छ। नेपाली सिनियर टिमको यो आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम अभ्यास खेल हो। आयरल्यान्ड वुल्भ्सविरुद्ध अब नेपालको ‘ए’ टोलीले ३-३ खेलको एकदिवसीय र टी-२० खेल खेल्ने कार्यतालिका रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *