राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट डा. अञ्जान शाक्य मनोनीत

 ग्लोबल टिभि      बिहिबार, बैशाख ६, २०८१      0

बैशाख ६ –  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌को सिफारिसमा डा अञ्जान शाक्यलाई राष्ट्रियसभाको रिक्त एक सदस्यमा मनोनीत गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा शाक्यलाई सिफारिस गरेका हुन्।

मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूतसमेत थिइन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *