हाम्रा सांसदहरूले कतै साठगाँठ गरेका छैनन् : एकीकृत समाजवादी

 ग्लोबल टिभि      सोमवार, बैशाख २४, २०८१      0

 बैशाख २४ – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दल बैठकमा छलफल गरेको छ। सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा संसदको आगामी अधिवेशन, नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक घटनाक्रमबारे एकीकृत समाजवादीले छलफल गरेको हो।

आगामी संसद अधिवेशनमा जनसरोकारका विषयलाई सशक्त रूपमा उठाउने कुरा पनि बैठकमा भएको सांसद शेरबहादुर कुँवरले जानकारी दिए।

‘देशमा अनेक खालका हल्लाहरू थिए। जस्तै जनता समाजवादी पार्टी विभाजन भयो, त्यसैगरी हाम्रो पार्टीका बारेमा पनि अनेक खालका चलाइए, छ जना सांसद यहाँ गए, सात जना सांसद त्यहाँ गए। योसँग भेटे भन्ने ढंगले कपोकल्पित समाचारहरू पनि आएका सुन्यौं,’ उनले भने, ‘त्यसबारेमा हाम्रो पार्टी प्रष्ट छ, हाम्रो पार्टीका सांसदहरू कहीँकतै पनि जानुभएको छैन। साठगाँठ पनि गर्नुभएको छैन।’

सांसदहरू एकताबद्ध भएर एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन चाहेको उनको भनाइ थियो। ‘हामी एकढिक्का छौं,’ उनले भने।

सरकारमै सहभागी दललाई विभाजन गर्ने गर्नु निन्दनीय कार्य भएको उनले बताए। ‘सरकारमै संलग्न भएका दलहरूलाई विभाजन गर्ने जुन ढंगका गतिविधि जो-जोबाट भइरहेका छन् यो अत्यन्त निन्दनीय हुन्,’ उनले भने। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *