आफूहरूको सुरक्षा गर्न सरकारसँग बुटवलका पहिरो पीडितको माग

 ग्लोबल टिभि      शुक्रबार, अशोज ८, २०७८      0

रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का पहिरो पीडितले पहिला आफूहरूको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् ।

ज्योतिनगर र लक्ष्मीनगरमा असोज ४ गते गएको पहिरोले निकै क्षति पु¥याएको भन्दै स्थानीय बासिन्दाले आफूहरू अझै पनि खतरामुक्त नरहेको बताएका हुन् अझै पनि ठूलो पहिरोको सम्भावना रहेकाले पहिरोको उचित रोकथाम तथा न्यूनिकरण गर्दै जनधनको रक्षा गर्न माग गरेका छन् । स्थानीय सरकारले मात्रै व्यवस्थापन गर्न नसक्ने भन्दै प्रदेश र केन्द्र सरकारले पनि वस्तीको सुरक्षाको लागि ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पहिरो गएपछि तत्कालै बस्तीमा पसेको ढुंगा, माटो, लेदो पन्छाउने काम गरेको बताउनुभयो । उहाँले उपमहानगरपालिकाले जनधनको सुरक्षालाई पहिलो प्राथमिकता दिदैँ क्षति हुनबाट रोक्न प्रयास गरेको दाबी गर्नुभयो ।

मेयर सुवेदीले पहिरो गएको वस्तीमा भुगर्भविद्हरुलाई ल्याएर अध्ययन गरिरहेको पनि उल्लेख गरे । पहिरोबाट विस्थापितहरुको लगत संकलन गरिरहेको भन्दै उहाँले लगत संकलन सकेपछि व्यवस्थापन गरिने बताए । असुरक्षित वस्ती भएकाले वस्ती सार्नकालागि उपमहानगरपालिकाले ११ बिगाहा जग्गा सिफारिस गरिसकेको र बाँकी प्रक्रिया प्रदेश र केन्द्र सरकारले मिलाउनुपर्ने पनि उहाँले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *