पाँचथरमा उद्योग बाणिज्य संघ यासोकद्वारा अग्नि पीडितलाई राहत प्रदान

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २, २०७८      0

फाल्गुन २
उद्योग बाणिज्य संघ यासोकले पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारका अग्नि पीडितलाई राहत प्रदान गरेको छ । एक लाख ४९ हजार १ सय रुपैयाँ संकलन गरी पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको संघ संस्थापक अध्यक्ष गोपाल पोख्रेलले जानकारी दिए ।
संस्थापक अध्यक्ष पोख्रेल, निवर्तमान अध्यक्ष नरेन्द्र बोहोरा, महासचिव महेन्द्र खड्का, व्यवसायी बिरेन्द्र खड्का, केशप थापा, बम बहादुर बोहोरा, गोपाल खड्का लगायतको सक्रियतामा रकम संकल गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

शनिवार साँझ भएको आगलागीबाट झरेन्द्र खतिवडाको घर सहित पाँच पसल जलेर खरानी भएका थिए । संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

आगलागीबाट ठूलो क्षती व्यहोरेका खतिवडालाई संघका संस्थापक अध्यक्ष गोपाल प्रसाद पोख्रेलले ८९ हजार १ सय रुपैया हस्तान्त्रण गरे । त्यस्तै अर्का व्यवसायी याम रम्तेल र टेक बहादुर नेपाली (बिचारी) लाई २० हजारको दरले रकम हस्तान्त्रण गरिएको थियो ।

मिलन गर्तौला र सर्मिला लावतीलाई १२ हजार ५ सयका दरले सहयोग गरिएको संघका महासचिव महेन्द्र खड्काले जानकारी दिए ।
पीडितहरुका लागि उद्योग बाणिज्य संघ शाखा यासोकले राहत संकलन अभियानलाई निरन्तरता दिने संघका निवर्तमान अध्यक्ष नरेन्द्र बोहोराले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *