के होला त कांग्रेस र लोसपाबीच चुनावी तालमेल ?

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ८, २०७८      0

चैत ८-नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तामेलका विषयमा छलफल सुरु भएको छ।

लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा दुई पार्टीबीच स्थानीय तहमा चुनावी तालमेल गर्नेबारेको एजेण्डाले प्रवेश पाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि लोसपालाई उनले सरकारमै सहभागी हुन आग्रहसमेत गरेका थिए। तर लोसपाले आफूहरुले उठाएको माग र मुद्दाको सम्बोधन नभएसम्म सरकारमा नजाने भन्दै अडान लिएका थिए।

स्थानीय चुनाव वैशाख ३० गतेका लागि घोषणा भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच तालमेलका विषयमा कुराकानी भएको लोसपाका नेताहरु बताउँछन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भई बनेको लोसपाका अध्यक्ष ठाकुरले चुनावी तालमेलका लागि प्रस्ताव अघि बढाएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *