सुनकोशीमा डुबेर युवकको मृत्यु

 ग्लोबल टिभि      शनिबार, बैशाख ३, २०७९      0

सिन्धुपाल्चोक। सुनकोसी नदीमा डुबेर एकको मृत्यु भएको छ ।

पौडी खेल्न गएका चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

आज दिउँसो २ बजे दोलखा शैलुङ गाउँपालिका–७ मञ्जित बस्ने, शिवहरि श्रेष्ठका छोरा डुबेर बेपत्ता भएका थिए । ५ बजे डुबेकै स्थानबाट निजको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *