वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने निश्चित(भिडियोसहित)

 ग्लोबल टिभि      बुधबार, बैशाख २१, २०७९      0

अभिषेक वैशाख २१– राष्ट्रिय राजनीतिबाट पर रहेका नेता बामदेव गौतम चर्चामा आएका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएका नेता गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेर चर्चामा आएका हुन् ।

तत्कालिन नेकपाको एकताका लागि भन्दै अभियान समेत चलाएका गौतमले समाजवादीको चुनावी गीत लेखेसँगै उनी समाजवादीमै आउने उनीनिकटका नेताहरुको दाबी छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनअघि एमाले उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिबाट पर रहेका नेता बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने देखिएको छ । राष्ट्रिय राजनीतिबाट निश्क्रिय रहेका नेता गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेसँगै उनी नेकपा एकीकृत समाजवादीमा आउने निश्चित भएको उनी निकटका नेताहरुले बताएका छन् ।

त्यसोत नेता गौतम गीतकार समेत हुन् । उनले अन्य गीतमा समेत शब्द रचना गरेका छन् । तर अहिले कुनै पनि पार्टीमा नरहेका बेला चुनावी गीत लेखेपछि भने उनी आगामी दिनमा फेरी राजनीतिमा फर्कने देखिएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम कतैतिर पनि लागेको छैनन् ।तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहेका थिए । त्यसअघी कम्युनिष्ट एकता जोगाउन समेत निकै प्रयास गरेका उनको सपना अधुरै रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *