रुकुम पश्चिममा निसास्सिएर महिलाको मृत्यु

 ग्लोबल टिभि      बुधबार, चैत्र ३०, २०७८      0

रुकुम पश्चिम । रुकुम पश्चिममा निसास्सिएर एक महिलाको मृत्यु भएको छ ।

मुसीकोट नगरपालिका–६, को कानेबाङस्थित ६० वर्षीया पम्फा बोहराको सुतिरहेको बेला धुँवामा निसास्सिएर बुधबार बिहान साढे ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

शर्माका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाहिने हातका ५ वटा औंला जलेको र सिरानी जलिरहेको थियो । धुवाँको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

घटना बारेमा स्थानीयले जानकारी गराएपछि साँख अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली खटिएको थियो । चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *