विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरित : कमल थापा

 ग्लोबल टिभि      बिहिबार, साउन २६, २०७९      0

साउन २६-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगीकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित रहेको बताएका छन् ।

‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादास्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगीकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधनसम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *