सुनचाँदीको मूल्य स्थिर

 ग्लोबल टिभि      आइतवार, मंसिर ११, २०७९      0

मंसिर ११– आज आइतबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो ।

गत साताको बिहीबारदेखि निरन्तर नेपाली बजारमा सुनको यही मूल्य कायम छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *