ग्लोबल टिभि
बिहिबार, चैत्र १२, २०७७
0
प्रतिनिधि सभा अन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन गर्ने भएको छ ।
बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।
सदस्यहरुमा घनश्याम खतिवडा, दल बहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहेका छन् ।
Post Views: 1,491
Leave a Reply