जग्गा विवादमा कुटपिट हुँदा वृद्धाको मृत्यु

 ग्लोबल टिभि      सोमवार, मंसिर २६, २०७९      0

मंसिर २६– सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।

छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो। पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको आरोप मृतककी छोरी सिकिलियादेवी यादवले लगाएकी छन्।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ। घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *