राष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डको आग्रह

 ग्लोबल टिभि      सोमवार, पुस १८, २०७९      0
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

पुस १८– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई प्रचण्डले आग्रह गरेका हुन् ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *