क्यानद्धारा पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक ४, २०७९      0

कात्तिक ४ –पीएम कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।

समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *