नेपाल टी ट्वान्टी क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदै

 ग्लोबल टिभि      आइतवार, पुस २४, २०७९      0

पुस २४ – नेपाल टी ट्वान्टी क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा मध्यान्न साढे १२ बजेदेखि सुरु हुनेछ ।

लुम्बिनी अंकतालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ । लुम्बिनीले १० खेलमा १६ अंक जोडेको छ भने समान खेल खेलेको जनकपुरको १४ अंक छ ।

यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले सोमबार हुने इलिमेटर खेलको विजेतासँग फाइनलमा पुग्न खेल्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ ।

मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले पाँच लाख पाउने छ ।

पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागीता रहेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *