उपनिर्वाचनले कांग्रेसको गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छ: रिजाल

 ग्लोबल टिभि      बुधबार, बैशाख १३, २०८०      0

वैशाख १३ –  नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने बताएका छन्। वैशाख १० को उपनिर्वाचन परिणामले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको उनले बताए।

कांग्रेसले उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट उम्मेदवार उठाए पनि पराजित भएका थिए भने बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।

मंसिरमा जितेको तनहुँ १ पनि वैशाखको उपचुनावमा कांग्रेसले गुमाउँदा एक सिट घटेको थियो।

‘उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले तथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्राप्त सफलताका लागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना,’ रिजालले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *