दिल्लीमा वायु प्रदूषण निकै खराब, एयर क्वालिटी इन्डेक्स ७ सय पुग्यो

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक २६, २०७८      0

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ ।

दिल्ली आसपासका राज्यमा पराल जलाउँदा र दीपावलीमा भएको आतिशबाजीका कारण वायु प्रदूषण बढेको हो ।शुक्रबार औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेको छ । तर, दिल्लीका कैयौं इलाका ‘जोखिमपूर्ण क्षेत्र’ रेड जोन बन्न पुगेका छन् ।

दिल्लीका दुई स्थानमा वायु गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स ७ सय पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई राम्रो मानिन्छ । ३ सय १ देखि ४ सयसम्म निकै खराब र ४ सय १ देखि ५ सय सम्मको सूचकांकलाई गम्भीर मानिन्छ ।वायु प्रदूषण बढेसँगै दिल्लीका कयौं स्थानमा भिजिबिलिटी कम भएको छ ।

दिल्लीको आकाशमा रहेको धुवाँ अझै एक दिनसम्म रहने सेन्टर फर साइन्स एन्ड इन्भाइरोन्मेन्टले जनाएको छ । वायु प्रदूषण हुनुमा मुख्यकारक बनेका सवारी साधन, उद्योग तथा सडकमा कडाइ गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *