जनप्रर्दशन चर्कदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त

अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिबाट आह्वान

 ग्लोबल टिभि      शनिबार, बैशाख १७, २०७९      0

बैशाख १७-श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त भएका छन ।

श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका हुन् । खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाई अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएको सांसद मैथ्रीपाला सिरिसेनाले बताएका छन ।

पूर्वराष्ट्रपति सिरिसेनाले संसदमा रहेका सबै दललाई समेटेर नयाँ प्रधानमन्त्रीको नाम र मन्त्रिपरिषद् गठन गर्न राष्ट्रिय परिषद नियुक्त गर्न राष्ट्रपति सहमत भएको जानकारी दिएका छन । सर्वदलीय सरकार गठनको विषयमा छलफल गर्न आह्वान गरेको बैठकमा असन्तुष्ट पक्षले प्रधानमन्त्रीको उपस्थितिमा सहभागी हुन अस्वीकार समेत गरेका थिए ।

यसअघि, प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए भने राष्ट्रपतिले पुनः नयाँ मन्त्रीमण्डल गठन गरेका थिए । श्रींलकामा आर्थिक संकट गहिरिँदै गएपछि राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनहरू चर्किंदै गएको थियो । स्वतन्त्रता भएयताकै सबैभन्दा चरम आर्थिक संकटको सामना गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *