लिड्ससँग लिभरपुल पराजित

 ग्लोबल टिभि      आइतवार, कार्तिक १३, २०७९      0

कात्तिक १३ –इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडले २–१ गोल अन्तरले हराएको हो ।

लिड्सले लिभरपुललाई एनफिल्डमै हराएको हो । खेलको चौंथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २–१ को जित दिलाए ।

जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेको छ । लिड्स १५ औं स्थानमा उक्लिएको छ । लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *