लेखा अधिकृत माथि भ्रष्टाचारको मुद्दा-चितवन

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

माघ १

मालपोत कार्यालय भरतपुर चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी भन्ने रिठ्ठे परियार लाई चितवन जिल्ला अदालतले बैक भौचर किर्ते गरी राजश्व रकम हिनामिना गरेकोे अभियोगमा ७ बर्षकैदर ७०,००० जरिबाना गरी हिनामिना गरेकोे राजश्व रकम रु. १ करोड १७ लाख २४ हजार ९५९ रुपैया सरकारी राजश्वमा जम्मा गराउने ठहर फैसला गरेकोे छ ।

आब ०७३ / ०७४ र आब  ०७४/०७5  मा परियार मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत हुदा मालपोत कार्यालयमा जग्गा किनबेच गर्ने व्यक्तिले जम्मा गरेकोे राजस्व तथा लाभ कर बापतको रकम रु. १ करोड१७ लाख २४ हजार ९५९./ परियारले रास्टृय बाणिज्य बैक भरतपुरमा रहेको राजश्व खातामा जम्मा गर्नु पर्नेमा जम्मा नगरी बैकको भौचर र्किर्ते गरी रकम हिनामिना गरेका थिए ।

आन्तरिक लेखा प्रशिक्षण तथा महालेखा परिक्षण बाट रकम हिनामिना भएको देखिएपछि अख्तियारदुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाण्डौ बाट अनुसन्धान भै भ्रस्टाचार मुद्धा विशेष अदालत काठमाण्डौमा दायरभै सरकारी कागज किर्तेमा सरकारी वकिल कार्यालय चितवनले चितवन जिल्ला अदालतमा दायर गरेकोे सरकारी लिखत किर्ते गरी राजस्व हिनामिना गरेको बिषयमा सजाय माग गरी दायर भएको मुद्धामा चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावल को इजलासले हिजो परियार लाई सो सजाय सुनाएको हो ।

निज परियार बिरुद्धको भ्रस्टाचार मुद्धा बिशेष अदालत काठमाण्डौमा हाल बिचाराधिन रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *