चीनमा एक वर्षपछि २ जना कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि      शनिबार, चैत्र ५, २०७८      0

चैत ५
चीनमा कोभिडका कारण २ जनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलोपटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ। कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।

दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। कोभिडबाट सो प्रान्त बढी प्रभावित छ। कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएको छ।

चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको छ। शनिबार चीनमा एकैदिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए। यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै संख्या हो। शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो। तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए।

चीनमा अन्य देशको तुलनामा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ। बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्युदरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *