ओलीको पार्टीले चुनाव जिते फेरि संसद भंग हुन्छ : देउवा

 ग्लोबल टिभि      सोमवार, बैशाख २६, २०७९      0

वैशाख २६– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए ।

उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव जीको पार्टीका मान्छेहरु सहभागी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *