त्रिभुवन विमानस्थलको सर्भर डाउन भएपछि सम्पूर्ण उडान प्रभावित

 ग्लोबल टिभि      सोमवार, फाल्गुन ८, २०७९      0

फागुन ८– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ ।

सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको हो ।

यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको बताइएको छ ।

सिंहदरबारबाट सञ्चालित सरकारीसर्भरमा पटक पटक समस्या आइरहेको छ । यसअघि पनि यस्तै समस्या आएको थियो । अहिले फेरि सोही समस्या दोहोरिएको छ ।

उसो त गत माघ १५ गते प्रायः सबै सरकारी वेबसाइटहरू एकैपटक डाउन हुँदा त्रास मच्चिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *