सर्जियो रामोसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन १२, २०७९      0

फागुन १२ –  स्पेनका डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

उनले बिहीबार सामाजिक संजालबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।  नयाँ प्रशिक्षक लुइस डे ला फ्युएन्टेले टोलीमा समावेश नगरेपछि उनले सन्यासको घोषणा गरेको बताइएको छ।

हाल उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आबद्ध छन्। यसअघि उनी स्पेनकै क्लब रियल मड्रिडमा थिए।

विश्वकप विजेता डिफेन्डर रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन्। उनले २०१० मा फिफा विश्वकपको उपाधि जितेका थिए। यस्तै स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा रामोस टोलीमा रहेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *