वेस्ट इन्डिजविरद्ध करणले दिलाए पहिलो विकेट

 ग्लोबल टिभि      बिहिबार, असार ७, २०८०      0

असार ७ –  आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर फिल्डिङ थालेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्।

क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्के। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भए।

वेस्ट इन्डिजले १.२ ओभर सकिँदा एक विकेट गुमाएर दुई रन बनाएको छ।

हरारे स्पोर्ट्स क्लबमा १२: ४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए।

पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।

नेपाली टिम: कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *